Khaptad Organic Nepal

काठमाडौँ । पोखराको बेगनास ताल किनारमा पर्यटकीय रौनक थप्दै छैटौँ बेगनास माछा महोत्सव सुरु भएको छ ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सञ्चालित यस महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले औपचारिक उद्घाटन गर्नुभयो । कात्तिक २३ गतेसम्म चल्ने यस मेलाले स्थानीय पर्यटन, होटल व्यवसाय र आर्थिक गतिविधिलाई उकास्न ठूलो सहयोग पुर्‍याउने आकलन गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले पोखरा क्षेत्रका सम्पूर्ण तालहरूलाई आपसमा जोड्ने सडक पूर्वाधार निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइने जानकारी दिनुभयो । तालचोक–बेगनास सडक खण्डको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले महानगरले ताल संरक्षण र पर्यटकीय विकासलाई एकीकृत योजनाका साथ अघि बढाएको स्पष्ट पार्नुभयो । यसका साथै शिशुवाचोक–खुदीखोला सडक सम्पन्न भइसकेको र खुदीखोला–रूपाताल सडक निर्माण जारी रहेको उल्लेख गर्दै बेगनास तालमा जलक्रीडा तथा जलविहार सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महोत्सवमा बेगनास तालमै हुर्किएका स्थानीय प्रजातिका माछाहरूको प्रदर्शनीसँगै विभिन्न स्वादिष्ट परिकारको स्वाद लिन सकिने आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले बताउनुभयो । मेला अवधिभर आगन्तुकहरूका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ । यस आयोजनले बेगनास तालको पर्यटकीय पहिचानलाई थप फैलाउनुका साथै स्थानीय माछापालक किसान, होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास लिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।