Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै जनकपुर बोल्ट्समाथि १६ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितका लागि पाएको १५० रनको मध्यम लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमा समेटियो ।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३, सैफ हसनले २८ र आदित्य महताले २४ रनको योगदान दिए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । लुम्बिनीका डिआर्ची शर्टले कसिलो बलिङ गर्दै ३ विकेट चट्काए भने तिलक भण्डारी र शेर मल्लले समान २–२ विकेट तथा रुबेन ट्रम्पेलम्यानले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो । टोलीको पाली सम्हाल्दै कप्तान रोहित पौडेलले ३४ र निरोशन डिकवेलाले २७ रन जोडे । यस्तै दिलिप नाथले २५, आसिफ सेखले २१ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाए । जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिङले २–२ तथा ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले १–१ विकेट लिएका थिए ।

यो सफलतासँगै ४ खेलमा ७ अंक जोड्दै लुम्बिनी लायन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुरको भने ५ खेलमा यो तेस्रो हार हो र ४ अंकसहित तालिकाको तल्लो स्थानतिर धकेलिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।