Khaptad Organic Nepal

तनहुँको भानु नगरपालिका–२ दाहालटारका सुभाष रेग्मी दम्पतीले परम्परागत मासखेतीलाई छाडेर पाँच रोपनी जमिनमा व्यावसायिक सयपत्री फूलखेती गरेपछि सात गुणाभन्दा बढी आम्दानी लिन सफल भएका छन् ।

पहिले सोही जग्गामा मासखेती गर्दा २५ देखि ३० हजार रुपियाँ मात्रै आम्दानी हुने गरेकोमा यस वर्ष फूल बिक्रीबाट दुई लाख रुपियाँ आर्जन भएको कृषक रेग्मीले जानकारी दिएका छन् । तिहारलाई लक्षित गरी गरिएको उक्त खेतीबाट चार लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिए तापनि फूल फुल्ने समयमा लगातार भएको वर्षाका कारण उत्पादन तथा बिक्रीमा केही असर परेको उनीहरूको भनाइ छ ।

सरकारी सेवामा जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत रेग्मीले आफ्नो कार्यालयको नियमित जिम्मेवारी पूरा गरेर बचेको बिहान र बेलुकाको समय कृषि कर्ममा लगाउँदै आएका छन् । बिहान हिँडडुल गरेर समय बिताउनुको सट्टा बारीमा श्रम गर्दा शारीरिक व्यायाम हुने र परिवारका लागि अतिरिक्त आम्दानीको स्रोतसमेत सिर्जना हुने गरेको उनले बताएका छन् । फूल रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्नेदेखि बजारीकरणसम्मको सम्पूर्ण काममा उनकी धर्मपत्नी अन्जना अधिकारी रेग्मीले पनि उत्तिकै सक्रिय साथ दिएकी छिन् ।

उत्पादित फूल माला उन्नुपर्ने झन्झटबिना सिधै प्रतिकिलो ३०० देखि ५०० रुपियाँसम्ममा बिक्री भएको छ । यस वर्ष उत्पादन भएको फूलमध्ये करिब ९० प्रतिशत अर्थात् ५०० किलो फूल काठमाडौँ पठाइएको र राजधानीमा माग राम्रो रहेको रेग्मी दम्पतीले बताएका छन् । स्थानीय बजारमा मात्रै सीमित हुनुपर्ने अवस्था नरहेको र स्वदेशमै उत्पादित कृषि उपजले उचित बजार पाउने वातावरण बनेमा यो क्षेत्र किसानका लागि अत्यन्तै लाभदायक बन्ने देखिन्छ ।

फूलबारीमा ढकमक्क सयपत्री फुलेपछि स्थानीय बासिन्दा तथा अन्य क्षेत्रबाट समेत तस्बिर खिच्ने र भिडियो बनाउनेहरूको आकर्षण बढेको छ । फूलखेतीका साथै उनीहरूले छ रोपनी क्षेत्रफलमा उखुखेती र तीन सय वटा कागतीका बिरुवा पनि लगाएर कृषि व्यवसायलाई थप विस्तार गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।