काठमाडौँ । छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारतीय राजधानी पुगेका हुन् ।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेयता शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले औपचारिक स्वागत गरेका थिए ।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहले आजै नयाँदिल्लीस्थित होटल ताजमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग आफ्नो पहिलो औपचारिक राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

