काठमाडौँ । आज (मंगलबार) देशभर मौसम सामान्यतया सफा रहने र कुनै पनि ठूला मौसमी प्रणालीको असर नदेखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानको समयमा हिमाली भेग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अन्य अधिकांश स्थानको मौसम सफा छ । दिउँसो देशभरकै मौसम सफा रहने अनुमान गरिएको छ ।
राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ ।
साथै, बिहानपख तराई क्षेत्र, उपत्यका तथा विभिन्न खोँचहरूमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

