Khaptad Organic Nepal

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले दुई देशबिचको कूटनीतिक सम्बन्धमा नयाँ सकारात्मक सुरुवातको सङ्केत गरे पनि इतिहासदेखिका मुख्य संरचनात्मक समस्याहरू समाधान गर्न नसकेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भ्रमणको समीक्षा गर्दै डा. भट्टराईले असमान सन्धि, सीमा विवाद र नेपालको आर्थिक परनिर्भरताजस्ता जटिल विषयमा यस पटक पनि कुनै ठोस प्रगति हुन नसकेको औँल्याएका हुन् । यद्यपि, विषम परिस्थितिमा बनेको नयाँ सरकार र युवा प्रधानमन्त्रीले संवेदनशील परराष्ट्र मामिलामा यत्तिको उपलब्धि हासिल गर्नुलाई उनले सन्तोषजनक मान्दै समग्रमा बधाई दिएका छन् ।

भ्रमणका क्रममा जारी भएको २४ बुँदे संयुक्त विज्ञप्ति, ८ वटा समझदारी पत्र, द्विदेशीय भिजन डकुमेन्ट, ६–६ वटा परियोजनाको उद्घाटन तथा घोषणा र आर्थिक प्याकेजलाई भट्टराईले सकारात्मक उपलब्धिको रूपमा चित्रण गरेका छन् । कतिपय विषय शृङ्गारिक देखिए पनि यसले पछिल्लो समय द्विपक्षीय सम्बन्धमा देखिएको अन्योल र आशङ्का हटाउन मद्दत पुगेको उनको विश्लेषण छ ।

भ्रमणका दौरान नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीको शारीरिक हाउभाउ (बडी ल्याङ्ग्वेज) र एकअर्काप्रतिको शब्द चयनले आपसी कूटनीतिक न्यानोपन बढेको आभास दिलाएको भट्टराईले उल्लेख गरेका छन् ।

तर, दीर्घकालीन समस्याहरूलाई कार्पेटमुनि लुकाएर राख्दा ती जुनसुकै बेला पुनः बल्झिन सक्ने जोखिमप्रति उनले सचेत गराएका छन् । साथै, भ्रमणका क्रममा गरिएका पछिल्ला सहमति र प्रतिबद्धताहरूको व्यावहारिक कार्यान्वयनमा अझै पनि जटिलता कायमै रहेको उनको ठहर छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।