Khaptad Organic Nepal

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय नियमित कामकाजका लागि पुनः खुलेको छ । राष्ट्रिय खेलकुद परिषद्ले संघमाथि लगाउँदै आएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेसँगै एन्फाको प्रशासनिक तथा सांगठनिक गतिविधि सञ्चालनमा आएको हो ।

यो सकारात्मक विकासक्रमसँगै एन्फाका महासचिव किरण राईले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट जारी निलम्बनसमेत छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । उनले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले तय गरेको कार्ययोजनाअनुसार नै संघको निर्वाचनलगायत नेपाली फुटबलमा देखिएका विद्यमान समस्याले निकास पाउने बताएका छन् ।

निर्वाचन प्रक्रियाका सन्दर्भमा एन्फा अहिले फिफा र एएफसीको औपचारिक लिखित निर्देशनको पर्खाइमा रहेको महासचिव राईको भनाइ छ । नेपाली फुटबललाई निकास दिन संघ हरेक विकल्पमा खुला र लचिलो रहेको उनले स्पष्ट पारेका छन् ।

यसैबीच, महासचिव राईले नेपाली फुटबलको समाधान खोज्न थाइल्यान्ड पुगेर फिफा र एएफसीका प्रतिनिधिसँग फलदायी वार्ता गरेको भन्दै नेपाली प्रतिनिधिमण्डलप्रति आभार प्रकट गरेका छन् । उनले शिक्षा, युवा तथा खेलकुदमन्त्री, प्रमुख सल्लाहकार र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसहितको टोलीलाई विशेष धन्यवाद दिएका हुन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।