Khaptad Organic Nepal

काठमाडौँ । किसानको सहमतिबिना उखुको न्यूनतम खरिद मूल्य तोकिए चिनी उद्योग नै बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी उखु उत्पादक महासंघले सरकारलाई दिएको छ ।

चालु सिजनका लागि कृषि मन्त्रालयले एकपक्षीय रूपमा मूल्य निर्धारण गर्ने तयारी थालेपछि किसानहरू आक्रोशित बनेका हुन् ।

महासंघका अध्यक्ष श्यामबाबु यादवका अनुसार उखुको मूल्य तय गर्न यही मंसिर ३ र ४ गते कृषि मन्त्रालयमा देशभरका किसान प्रतिनिधि र उद्योगीहरूसँग छुट्टाछुट्टै छलफल भएको थियो । यस सिजनको मूल्य निर्धारणका विषयमा मन्त्रालयमा दुई–तीनपटक वार्ता भइसके पनि ठोस सहमति जुट्न नसकेको उनले बताए ।

वार्ताका क्रममा मन्त्रालयका अधिकारीहरूले गत वर्षको तुलनामा प्रतिक्विन्टल ३० रुपैयाँ बढाएर मूल्य तोक्ने प्रस्ताव अघि सारेका थिए । जसअनुसार उद्योगीले प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ र सरकारले दिने ७० रुपैयाँ अनुदानसमेत जोडेर किसानले कुल ७ सय २० रुपैयाँ पाउने प्रस्ताव मन्त्रालयले राखेको थियो । यसअघि गत सिजनमा किसानले उद्योगीबाट ६ सय २० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी प्रतिक्विन्टल ६ सय ९० रुपैयाँ मूल्य पाएका थिए ।

तर, मन्त्रालयको उक्त प्रस्तावमा किसान प्रतिनिधिहरूले असहमति जनाएका छन् । बजारमा चिनीको मूल्य बढेको अनुपातमा उखुको न्यूनतम खरिद मूल्य सरकारी अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम हुनुपर्ने माग किसान पक्षले राखेको छ ।

अध्यक्ष यादवले मन्त्रालयका अधिकारीहरूले आगामी मन्त्रिपरिषद् बैठकबाट एकपक्षीय रूपमा मूल्य निर्धारण गर्नेगरी प्रस्ताव लैजाने बताएको जानकारी दिए । चिनीको मूल्यलाई आधार नबनाई किसानको सहमतिविपरीत मूल्य तोकिए आफूहरूलाई मान्य नहुने र उद्योग ठप्प पारेर आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।