काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको वरीयताक्रममा परिवर्तन गरिएको छ ।
प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्को मर्यादाक्रम परिमार्जन गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ ।
परिमार्जित मर्यादाक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेपछि तेस्रो स्थानमा कानुनमन्त्री सोविता गौतम रहनुभएको छ ।


