Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पहिलोपटक बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ ।

सन् २०२६ सेप्टेम्बर ४ मा सम्पन्न संयुक्त राष्ट्रसंघीय महासभाको प्रस्तावमार्फत प्रत्येक वर्ष नोभेम्बर २७ लाई यो दिवसका रूपमा मनाउने औपचारिक निर्णय गरिएको थियो । दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्ममा बालविवाहजस्ता हानिकारक सामाजिक प्रथाहरू पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यलाई सघाउ पुर्‍याउन यस दिवसको सुरुवात गरिएको हो ।

विश्वव्यापी तथ्यांकअनुसार प्रत्येक वर्ष करिब १ करोड २० लाख बालिका १८ वर्ष पूरा नहुँदै विवाह बन्धनमा बाँधिन बाध्य छन् । सन् २०२६ सम्मको अनुमानित विवरण हेर्दा बालविवाहको चपेटामा परेका करिब ६५ करोड महिला तथा बालिका हाल जीवित छन् । यसैगरी, विश्वभर करिब २ करोड २० लाख मानिस जबर्जस्ती विवाहको सिकार बनेका छन्, जसमा दुई तिहाइभन्दा बढी हिस्सा महिला तथा बालिकाको छ ।

बालविवाह तथा जबर्जस्ती विवाहलाई संयुक्त राष्ट्रसंघले गम्भीर मानवअधिकार उल्लङ्घनका रूपमा परिभाषित गरेको छ । यस्ता अभ्यासले बालिकाहरूको शिक्षा आर्जन, रोजगारीका अवसरका साथै शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर असर पार्ने भएकाले प्रभावकारी कानुनी व्यवस्था, शिक्षामा सहज पहुँच र पीडितहरूको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।