Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका दुई महत्त्वपूर्ण समितिहरूको बैठक सोमबार बस्दैछ ।

आज कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाइएको हो ।

संसद् सचिवालयका अनुसार कानुन समितिको बैठक दिउँसो १२:३० बजेका लागि तय गरिएको छ । उक्त बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ । यसका साथै, समितिले यसअघि होल्डिङ सेन्टरहरूमा गरेको स्थलगत अनुगमनको प्रतिवेदनमाथि पनि बैठकमा छलफल गरिने जनाइएको छ ।

यसैगरी, बिहान ११ बजेदेखि सार्वजनिक लेखा समितिको बैठक सुरु हुँदैछ । लेखा समितिको बैठकमा बेरुजुको मात्रा बढी देखिएका विभिन्न मन्त्रालयका लेखा उत्तरदायी अधिकृत (सचिव) हरूलाई आमन्त्रण गरिएको छ । बैठकमा ती मन्त्रालयहरूको बेरुजु न्यूनीकरण गर्ने र वित्तीय अनुशासन कायम गर्ने उपायहरूका बारेमा गहन छलफल हुने कार्यसूची तय भएको समितिले उल्लेख गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।