Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक आजका लागि आह्वान गरिएको छ ।

संसद सचिवालयका अनुसार उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुने कार्यसूची तय भएको छ ।

आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ । व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृह मन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी मन्त्री गौतमले नै आजको बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने अर्को प्रस्ताव पनि प्रस्तुत गर्ने तय भएको छ । यसका साथै ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनमा छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

अर्कोतर्फ, आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।