Khaptad Organic Nepal

काठमाडौँ । सरकारले निजी अस्पतालहरूबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमा कार्यक्रमका नियमित सेवाहरूमा रोक लगाएको छ ।

स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै आउँदो शनिबार जेठ १६ गतेदेखि लागू हुने गरी आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू स्थगित गरिएको जनाएको हो ।

बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार संस्थामा बढ्दै गएको वित्तीय सङ्कटका कारण यो कदम चाल्नुपरेको हो । अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाहरूबाट बीमितले आकस्मिक उपचारबाहेकका सेवा पाउने छैनन् । बोर्डका सूचना अधिकारी विकेश मल्लले दिएको जानकारी अनुसार यसअघि मुलुकभरका ३६ वटा निजी अस्पतालहरू यो कार्यक्रममा आबद्ध थिए । यो निर्णयसँगै अब बीमितहरूले बोर्डमा आबद्ध ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्थाहरूबाट मात्रै बीमा सुविधा लिन सक्नेछन् ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गरेबापत १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ । ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य ७०० रुपैयाँ थप योगदान गर्नुपर्ने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिँदै जाने प्रावधान रहेको छ । हाल देशभर यस कार्यक्रममा ५९ लाख ७० हजार ४०३ जना बीमित आबद्ध रहेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।