Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधि सभामा प्लेकार्ड प्रदर्शन गर्ने आफ्नो दलको कदम आगामी दिनमा पनि निरन्तर रहने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्पष्ट पारेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले विरोधका कार्यक्रम थप सशक्त बनाउने र त्यस क्रममा कारबाही भोग्न समेत आफूहरू पछि नहट्ने बताए । संसद्को गरिमा र जनताको आवाज उठाउने क्रममा निलम्बन हुनुपरे पनि त्यसलाई सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो ।

सभामुखको भूमिका निष्पक्ष र साझा हुनुपर्नेमा जोड दिँदै उनले आफूहरूलाई निलम्बन गर्न चुनौती दिए पनि त्यसो नगरिएको दाबी गरे । संसद्मा संसदीय दलको नेतालाई बोल्नका लागि दुई-तीन मिनेटको मात्र समय तोकिनु न्यायसङ्गत नभएको भन्दै उनले सभामुख कुनै दलविशेषको नभई सम्पूर्ण सदनको अभिभावक बन्नुपर्ने टिप्पणी गरे ।

सरकारलाई जनताप्रति उत्तरदायी बनाउन आफूहरूले सदनमा प्रश्न उठाएको तर त्यसको उचित सम्बोधन नभएकाले पाँच वर्ष नै विरोध जारी रहन सक्ने साम्पाङले उल्लेख गरे । निरन्तरको दबाबपछि संसद्मा मन्त्रीहरू उपस्थित हुन थाले पनि सभामुखले आफूहरूलाई प्रश्न सोध्ने अनुमति नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।