Khaptad Organic Nepal

काठमाण्डौ । बढ्दो सवारी चाप र वातावरणीय चुनौतीलाई मध्यनजर गर्दै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ ।

यातायात व्यवस्था विभागले देशभरका सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहहरूलाई परिपत्र गर्दै विद्युतीय गाडीसहितका सबै प्रकारका सार्वजनिक यातायातको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो । पछिल्लो समय सडकमा बढेको अनियन्त्रित जाम, वायु प्रदूषणको भयावह अवस्था र सार्वजनिक यातायात क्षेत्रमा देखिएको बेथितिलाई न्यूनीकरण गर्न यो कदम goचालिएको विभागले स्पष्ट पारेको छ ।

इन्धनको निरन्तर बढ्दो मूल्य र अत्यधिक गाडीका कारण सिर्जना भएको असहज परिस्थितिलाई व्यवस्थापन गर्न यो निर्णय अनिवार्य भएको सरकारी अधिकारीहरूको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागले सार्वजनिक हितका लागि सडकको अवस्था र वातावरणीय पक्षलाई हेरेर गुड्ने सवारीको संख्या निर्धारण गर्न सक्ने कानुनी प्रावधानलाई यस पटक कार्यान्वयनमा ल्याएको हो ।

यातायात क्षेत्रलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यका साथ लागू गरिएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि यथावत रहने बताइएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।