काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनअन्तर्गत महिला उपसभापति पदमा सोबिता गौतम निर्वाचित भएकी छन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार गौतमले अर्की प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् ।
खसेको मतमध्ये गौतमले ७८९ मत प्राप्त गरिन् भने कार्कीले ५७२ मत पाइन् । पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने प्रयास स्वरूप यो निर्वाचन सम्पन्न भएको हो । दुवै जना संसद्मा समेत सक्रिय भूमिकामा रहेका युवा नेता हुन् ।

