Khaptad Organic Nepal

काठमाडौँ । तीनवटै सरकारबीचको आपसी समन्वयलाई सुदृढ बनाउँदै स्थानीय तहमा देखिएका विविध अड्चन फुकाउने विषयमा संघीय र प्रादेशिक नेतृत्वबीच महत्वपूर्ण संवाद भएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच भएको भेटवार्तामा पालिका स्तरमा देखिएका प्रशासनिक र कानुनी जटिलता समाधानका उपायबारे बहस भएको हो । विशेष गरी स्थानीय तहमा कायम कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट निर्माण र अन्य व्यावहारिक चुनौतीहरूलाई कसरी पार लगाउने भन्नेमा दुवै पक्षले केन्द्रित भएर संवाद गरेका थिए ।

छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय निकायले भोगिरहेका समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै प्रादेशिक सरकारका तर्फबाट ती समस्या सुल्झाउन हरसम्भव कदम चाल्ने दृढता व्यक्त गरे । यसैगरी, मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रणालीलाई चुस्त र परिपक्व बनाउन मन्त्रालयले चालेको कदमबारे प्रकाश पारिन् । उनले मन्त्रालयका तीन जना सहसचिवको नेतृत्वमा अलग्गै टोली खटाएर स्थलगत सहजीकरण एवं समन्वयको काम भइरहेको जानकारी गराइन् । उक्त टोलीले विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा सरोकारवाला अधिकारीहरूसँग प्रत्यक्ष सम्वाद गरी त्यहाँका वास्तविक समस्या, आवश्यकता र चुनौतीहरूको स्थलगत प्रतिवेदन तयार गरिरहेको उनको भनाइ थियो ।

मन्त्री रावलले संघीयतालाई बलियो बनाउन र स्थानीय सरकारलाई नागरिकमैत्री एवं व्यवस्थित तुल्याउन तीनवटै तहबीच निरन्तर र प्रभावकारी सहकार्य आवश्यक रहेको औंल्याइन् । सिंहदरबारमा भएको उक्त भेटघाटमा मन्त्रालयका सचिव, सहसचिवका साथै प्रतिनिधि सभा सदस्य रहोवर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।