Khaptad Organic Nepal

काठमाडौँ । मुलुकका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव क्रमशः बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ । बाँकी रहेका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा भने आगामी दुई देखि तीन दिनभित्रमा मनसुन प्रणाली भित्रिने सङ्केत देखिएको छ । अहिले ती क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव मात्रै रहेको मौसमविद्ले जनाएका छन् ।

आज दिउँसो देशभरकै आकाशमा बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा तराईका भू-भागमा पनि पानी पर्ने बताइएको छ । विशेषगरी कोशी प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने र मधेश तथा कोशीको तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

रातिको समयमा पनि मौसममा सुधार हुने देखिँदैन । देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि पानी पर्नेछ । राति कोशी प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षाको जोखिम रहेको विभागको बुलेटिनमा उल्लेख छ ।

साथै मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा तराईका धेरैजसो स्थानमा तीव्र गतिको हावाहुरी आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।