Khaptad Organic Nepal

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई ठगी र आपराधिक विश्वासघातको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको हो ।

विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले प्रपञ्च र अनुचित प्रभाव प्रयोग गरी संस्थालाई ठुलो आर्थिक हानि पुर्‍याएको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले विद्यालयलाई अनुचित क्षति पुर्‍याउने नियतले डर र त्रास देखाई भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो निजी कम्पनीको नाममा नामसारी गराएको अनुसन्धानमा देखिएको छ ।

यसका साथै, विद्यालयको सवारीसाधन खरिदका लागि छुट्याइएको रकम सञ्चालक समितिलाई जानकारी नदिई आफ्नै कम्पनीका नाममा जग्गा र गाडी किन्न प्रयोग गरेको र विद्यालयको हक नै समाप्त पारेको आरोप समेत उनीमाथि छ । संस्थाको रकम हिनामिना गरी व्यक्तिगत फाइदा उठाएर ठगी गरेको भन्दै पीडित पक्षले सीआईबीमा उजुरी दिएका थिए ।

नेपाली कांग्रेसमा आबद्ध रहेका शेर्पाविरुद्ध दुई वर्षअघि नै जाहेरी परेको भए तापनि सुरुवाती समयमा राजनीतिक दबाबका कारण प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरेको थियो । तर, पीडित पक्ष न्यायको माग गर्दै अदालत पुगेपछि अदालतले जाहेरी दर्ता गरी कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

अदालतको उक्त आदेशपछि सीआईबीले अनुसन्धानलाई तीव्र पार्दै उनलाई नियन्त्रणमा लिएको हो । ब्युरोले यस प्रकरणमा जोडिएका अन्य पक्ष र वित्तीय कारोबारको विस्तृत विवरणमाथि थप छानबिन भइरहेको जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।