Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर मनसुनी वायु सक्रिय भएसँगै अधिकांश भू-भागमा बदली र वर्षाको सम्भावना बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भेगमा मनसुनको बलियो प्रभाव देखिएको छ । बाँकी रहेका सुदूरपश्चिम र कर्णाली प्रदेशसम्म पनि भोलिभित्रै मनसुन फैलिने महाशाखाले अनुमान गरेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्ण बदली रहने र कोशी, बागमती तथा गण्डकीका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विशेषगरी आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

तराईका केही जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना समेत रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।