Khaptad Organic Nepal

काठमाडौँ । फिफा विश्वकप फुटबलको उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ, जहाँ अहिलेसम्म २१ वटा राष्ट्रले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

शनिबार बिहानसम्मका खेलहरूको नतिजा अनुसार विभिन्न समूहबाट ९ टोली विजेताका रूपमा र ८ टोली उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । यसैगरी, उत्कृष्ट प्रदर्शनका आधारमा आ–आफ्नो समूहमा तेस्रो स्थानमा रहेका थप ४ देशले पनि नकआउटको टिकट काटेका छन् ।

समूह विजेता बन्दै नकआउटमा स्थान बनाउने टोलीहरूमा मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, स्पेन, फ्रान्स र अर्जेन्टिना रहेका छन् । त्यसैगरी, दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे र नर्वे उपविजेताका रूपमा अन्तिम १६ को दौडमा सामेल भएका छन् । समूह चरणमा तेस्रो स्थान हासिल गरे पनि नकआउटमा पुग्न सफल हुने भाग्यमानी टोलीहरूमा बोस्निया हर्जगोभिना, पराग्वे, इक्वेडर र स्विडेन परेका छन् ।

प्रतियोगिताको तालिका अनुसार अब नकआउट चरणका खेलहरू निकै प्रतिस्पर्धात्मक हुने देखिएका छन् । जसअनुसार जर्मनीले पराग्वेको सामना गर्नेछ भने फ्रान्स र स्विडेनबीच भिडन्त हुने तय भएको छ । अन्य खेलहरूमा दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्याण्डसले मोरक्कोसँग, अमेरिकाले बोस्निया हर्जगोभिनासँग, ब्राजिलले जापानसँग, आइभरी कोष्टले नर्वेसँग तथा अर्जेन्टिनाले केप भर्डेसँग प्रतिस्पर्धा गर्ने तालिका निश्चित भइसकेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।