Khaptad Organic Nepal

काठमाडौँ । फिफा विश्वकपको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले प्रमुख खेलाडी लियोनेल मेसीलाई सुरुवाती ११ मा सामेल नगर्ने भएको छ ।

आगामी नकआउट चरणको खेललाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेसीलाई विश्राम दिने निर्णय गरेका हुन् । अर्जेन्टिनाले आइतबार बिहान ७:४५ बजे जोर्डनको सामना गर्दैछ, जसमा मेसीलाई बेन्चमा राखिने र आवश्यक परेको खण्डमा मात्र मैदान उतारिने प्रशिक्षक स्कालोनीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । टोलीको यो परिवर्तन कुनै विपक्षीलाई हेरेर भन्दा पनि खेलाडीको शारीरिक अवस्था र रणनीतिक तयारीका आधारमा गरिएको उनले स्पष्ट पारे ।

यसअघि नै अल्जेरिया र अस्ट्रियालाई पराजित गर्दै अर्जेन्टिना समूह ‘जे’ को विजेता बन्दै अन्तिम ३२ मा पुगिसकेको छ । हाल बायाँ तिघ्राको मांसपेशीको समस्यासँग जुधिरहेका मेसीलाई थप जोखिममा नपार्न यो कदम चालिएको हो । चालू विश्वकपमा पाँच गोल गरिसकेका मेसी सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा अगाडि छन् ।

जोर्डनविरुद्धको खेलमा मेसीबाहेक अन्य केही नियमित खेलाडीहरूले पनि विश्राम पाउने सम्भावना छ, जहाँ गोलरक्षक एमिलियानो मार्टिनेज मात्र सुरुवाती टोलीमा यथावत रहन सक्ने अनुमान गरिएको छ । मेसीको अनुपस्थितिमा निको पाज, जुलियन अल्भारेज, भालेन्टिन बार्को, फ्लाको लोपेज वा एक्सेकियल पालासियोसमध्ये एकले मैदानमा अवसर पाउने देखिन्छ भने रक्षापङ्क्तिमा मार्कोस सेनेसी, निकोलस ओटामेन्डी र निकोलस टाग्लियाफिकोले बढी समय खेल्न पाउने सम्भावना छ ।

टोलीले आफ्नो साविककै खेलशैलीलाई मैदानमा उतार्ने बताउँदै प्रशिक्षक स्कालोनीले जोर्डनलाई कमजोर प्रतिस्पर्धीका रूपमा नलिन भन्दै बल नियन्त्रणमा राखेर दबाब सिर्जना गर्ने रणनीति रहेको बताए । जोर्डनविरुद्धको खेल सकिएपछि अर्जेन्टिनाले अन्तिम ३२ को चरणमा समूह ‘एच’ को उपविजेता केप भर्डेको सामना गर्ने तालिका तय भइसकेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।