Khaptad Organic Nepal

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कुनै पनि किसिमको आन्तरिक समूह वा उपगुट मौलाउन नदिई अघि बढ्नुपर्नेमा पार्टी सभापति रवि लामिछानेले जोड दिनुभएको छ ।

विगतका पुराना राजनीतिक दलहरूले भोगेका खराब अनुभव र कमीकमजोरीबाट पाठ सिक्दै आफ्नो संगठनलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र पूर्ण एकता कायम रहेमा आगामी दिनमा रास्वपालाई कसैले पनि चुनौती दिन नसक्ने दाबी गर्नुभयो । पार्टीका नेता तथा कार्यकर्ताहरूमा त्याग र बलिदानको भावना समान हुनुपर्ने भन्दै उहाँले कहिलेकाहीँ अरूले त्याग गर्दा खुसी हुने र आफूले गर्नुपर्दा दुःखी हुने प्रवृत्ति देखिने हुनाले त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा लामिछानेले देशका प्रमुख पुराना दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लाई समेत आन्तरिक विवाद सुल्झाउन सुझाव दिनुभयो । कांग्रेस र एमालेभित्रको आन्तरिक कलह नमिल्दा त्यसको प्रत्यक्ष असर समग्र देशको विकास र गतिशीलतामा परेको उहाँको विश्लेषण थियो । यसका साथै, निर्वाचन अगाडि नै आफूले प्रधानमन्त्री शाहलाई सरकारको नेतृत्व सुम्पिएको उल्लेख गर्दै नागरिकका समस्या समाधान गरी मुलुकलाई सही दिशा दिने मुख्य जिम्मेवारी पनि उहाँकै काँधमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।