Khaptad Organic Nepal

काठमाडौँ । खप्तड अर्गानिक नेपालको आयोजनामा रिफ्लेक्सोलोजी, हाइपरपिग्मेन्टेसन तथा डन्डीफोर व्यवस्थापनसम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ ।

काठमाडौँको सुन्दरीजलमा जेठ २२ मा आयोजित उक्त गोष्ठीमा सौन्दर्य क्षेत्रमा ७ देखि १५ वर्षसम्मको अनुभव हासिल गरेका १९ जना ब्युटिसियनहरूको सहभागिता रहेको थियो । कार्यक्रममा छालाको स्वास्थ्य, रिफ्लेक्सोलोजीको प्रयोग र हाइपरपिग्मेन्टेसन तथा डन्डीफोर जस्ता समस्याको प्राकृतिक र वैज्ञानिक समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो ।

गोष्ठीमा मुख्य प्रस्तुतकर्ताका रूपमा खप्तड अर्गानिक नेपालका संस्थापक तथा अध्यक्ष डा. तेजराज जोशीले प्रशिक्षण दिनुभएको थियो । नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा ३५ वर्षभन्दा बढीको सेवा अनुभव सम्हाल्नुभएका डा. जोशी वरिष्ठ आयुर्वेदिक तथा एकीकृत चिकित्सा विशेषज्ञ हुनुहुन्छ । उहाँ जडीबुटी चिकित्सा, छालासम्बन्धी रोग तथा रोकथाम स्वास्थ्यका विशेषज्ञ हुनुका साथै एसिया र मध्यपूर्वका देशहरूमा अन्तर्राष्ट्रिय तालिम कार्यक्रमहरू सञ्चालन गरिसक्नुभएका अध्येता र अन्वेषक हुनुहुन्छ ।

कार्यक्रममा डा. जोशीले छालाको हेरचाहमा अपनाउनुपर्ने आधुनिक प्रविधि, आयुर्वेदिक उपाय र ब्युटिसियनहरूले दैनिक काममा अपनाउन सक्ने व्यावहारिक प्रविधिबारे जानकारी गराउनुभएको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।