Khaptad Organic Nepal

काठमाडौँ । नेपालमा मनसुनी वायु सक्रिय भएसँगै आगामी केही दिनभित्रै वर्षा गराउने प्रणाली थप नजिकिने देखिएको छ ।

हाल देशभरि नै सामान्य बदली भई कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका केही क्षेत्रमा पनि पानी पर्नेछ ।

पहाडी भेगका एक-दुई स्थानमा भने भारी वर्षा हुनसक्ने आकलन गरिएको छ । आज राति पनि देशभर बादल लाग्ने र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा धेरै ठाउँमा पानी पर्नेछ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।