Khaptad Organic Nepal

काठमाडौँ । नेपाली परम्परा अनुसार आज देशभर साउने सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

सूर्यले मिथुन राशिको यात्रा सकाएर कर्कट राशिमा प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । आजैका दिनदेखि सूर्य दक्षिणी गोलार्धतर्फ जाने भएकाले औपचारिक रूपमा दक्षिणायनको सुरुवात हुने गर्दछ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हाम्रो संस्कृतिमा विशेष महत्वका साथ हेरिन्छ ।

असार महिनाभर हिलो र माटोसँग पौँठेजोरी खेल्दै कृषि कर्ममा व्यस्त रहने किसानहरूले आजको दिनलाई विश्राम र रमाइलो गर्ने अवसरका रूपमा लिन्छन् । असारको काम गर्दा लागेको हिलोमैलोका कारण आउन सक्ने छालासम्बन्धी रोग निको होस् भन्ने कामनासहित आज साँझ लुतो फाल्ने प्रचलन रहेको छ । यसका लागि कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला जस्ता औषधीय गुण भएका वनस्पतिहरू जम्मा गरिन्छ । ती वनस्पतिसहित कण्डारक नामको राक्षसको पूजा गरी आगोको अगुल्टो फाल्ने गरिन्छ । लुतो फाल्ने क्रममा टोलभरि नाङ्लो ठटाउने, शङ्ख तथा घण्ट बजाउने र घरका ढोकाहरू बन्द गर्ने धार्मिक एवं सामाजिक परम्परा रहिआएको छ ।

यसका साथै साउन महिनालाई भगवान् शिवको आराधना गर्ने पवित्र समयका रूपमा लिइन्छ । विशेषगरी महिलाहरूले हरियो चुरा, पोते र हरियै कपडा लगाएर प्रकृतिसँगको सामीप्यता प्रकट गर्ने गर्दछन् । साउन महिना र त्यसमा पनि सोमबारलाई शिवजीको प्रिय दिन मानिने भएकाले देशभरका शिवालयहरू, विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ ।

सूर्य दक्षिणतर्फ ढल्किँदा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र वर्षायामका कारण विभिन्न सङ्क्रमण फैलिने सम्भावना रहने हुनाले, स्वास्थ्य रक्षाको कामना गर्दै शिवको आराधना र व्रत बस्ने वैज्ञानिक एवं धार्मिक विश्वास समेत जोडिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।