Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई राजनीतिक दलको सदस्यता दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जवाफ मागेको छ ।

आयोगले असार १५ गते रास्वपाको केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्य बनाएको भनिएको घटनाबारे सत्यतथ्य विवरण बुझाउन निर्देशन दिएको हो ।

पार्टीको महाधिवेशनमा पेस गरिएको प्रतिवेदनमा बालबालिकालाई समेत सदस्यता वितरण गरिएको उल्लेख भएको समाचारप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यदि यो विवरण साँचो हो भने त्यस्तो कार्य नेपाली कानुन र नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा जनाएका प्रतिबद्धताविपरीत हुने आयोगको ठहर छ । यसै विषयलाई लिएर राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम रास्वपासँग यथाशीघ्र विस्तृत विवरण माग गरिएको छ ।

रास्वपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवन महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना बालबालिकालाई सदस्यता बाँडिएको उल्लेख गरेका थिए ।

जबकि, नेपालको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ ले १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई मात्र राजनीतिक दलको सदस्य बन्न योग्य मान्दछ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।