Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर अहिले मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय भएसँगै अधिकांश भू-भागमा वर्षा र बादलको प्रभाव देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्ण बदली रही बागमती र लुम्बिनीका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशमा भने आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली र तराईमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान तथा कोशी र बागमतीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको अनुमान गरिएको छ । तराई र हिमाली भेगका थोरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ ।

रातिको समयमा मौसम थप सक्रिय हुने विभागको पूर्वानुमान छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि राति हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।