Khaptad Organic Nepal

काठमाडौँ । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ ।

अतिरिक्त समयसम्म लम्बिएको रोमाञ्चक फाइनल भिडन्तमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनालाई १-० गोल अन्तरले पाखा लगाउँदै स्पेन दोस्रो पटक विश्व विजेता बनेको हो । स्पेनको यो ऐतिहासिक जितमा फेरान टोरेस नायक बने । उनले अतिरिक्त समयको १०६औं मिनेटमा गरेको उत्कृष्ट गोल नै खेलको निर्णायक मोड साबित भयो ।

खेल अवधिभर स्पेनले बलमाथि बलियो पकड बनाउँदै अर्जेन्टिनालाई लगातार दबाबमा राखेको थियो । स्पेनका खेलाडीहरूले उत्कृष्ट सामूहिक सन्तुलन देखाउँदै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको जादु चल्न दिएनन् । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । सोही अतिरिक्त समयमा टोरेसले गरेको एक मात्र गोलले स्पेनलाई विश्वकपको ट्रफी दिलायो । यसअघि सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनले १६ वर्षपछि पुनः विश्व फुटबलमा आफ्नो विरासत फर्काएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।