Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर अहिले मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा यतिबेला सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा पानी परिरहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आकास बादलले ढाक्ने अनुमान गरिएको छ । देशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, पहाडी भू-भागका धेरैजसो स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने देखिन्छ ।

तराईतर्फ कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँ तथा मधेश प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । कोशी र सुदूरपश्चिमका पहाड तथा तराईका थोरै स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षाको समेत जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

रातिको समयमा पनि देशभर साधारणतया बदली नै रहनेछ । हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहने महाशाखाको भनाइ छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका धेरै ठाउँमा राति पनि पानी पर्ने अनुमान छ ।

कर्णालीको पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।