Khaptad Organic Nepal

काठमाडौँ । फिफा विश्वकपको अन्तिम १६ का प्रतिस्पर्धा सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ ।

गएराति सम्पन्न खेलहरूसँगै यस पटकको विश्वकपमा क्वाटरफाइनलको रोचक समीकरण पूरा भएको हो । यस चरणबाट साविकका बलिया दाबेदार पोर्चुगल, ब्राजिल र कोलोम्बिया प्रतियोगिताबाट बाहिरिएका छन् । यसैगरी संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका तिनै देश क्यानडा, मेक्सिको र अमेरिकाको यात्रा पनि अन्तिम १६ मै टुङ्गिएको छ ।

अब उपाधि भिडन्तको दौडमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्गल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्याण्ड मात्र बाँकी रहेका छन् । क्वाटरफाइनलका खेलहरू नेपाली समय अनुसार आगामी बिहीबार रातिदेखि सुरु हुनेछन् ।

सार्वजनिक तालिका अनुसार पहिलो क्वाटरफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । यो खेल बिहीबार राति १:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा शुक्रबार राति १२:४५ बजे स्पेन र बेल्जियम आमनेसामने हुनेछन् । तेस्रो खेलमा शनिबार राति २:४५ बजे नर्वेले इङ्गल्याण्डको सामना गर्दा चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा आइतबार बिहान ६:४५ बजे स्विट्जरल्याण्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।