Khaptad Organic Nepal

काठमाडौँ । नेदरल्यान्ड्समा आयोजना भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो चुनौतीको सामना गर्दैछ ।

नेदरल्यान्ड्सको उट्रेच्टस्थित मैदानमा नेपालले नामिबियाविरुद्ध खेल्दै शृङ्खलाको सुरुआत गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

शीर्ष चारभित्र पर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ । अहिलेसम्म नेपाल र नामिबियाबीच आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भइसकेका छन् । जसमा नामिबियाले पाँच खेलमा जित निकालेको छ भने नेपालले दुई खेल मात्र आफ्नो पक्षमा पारेको छ । एक खेल भने नतिजाविहीन बनेको थियो । यसअघि सन २०२४ को फेब्रुअरीमा भएको पछिल्लो भेटमा नामिबियाले नेपाललाई दुई विकेटले पराजित गरेको थियो ।

यस त्रिदेशीय शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानत्वमा १५ सदस्यीय टोली नेदरल्यान्ड्स पठाएको छ । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । टोलीका अन्य सदस्यहरूमा कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी छन् ।

आजदेखि सुरु भएको यो शृङ्खला आगामी जुलाई ३१ सम्म चल्नेछ । तालिका अनुसार नेपालले जुलाई २३ मा आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुलाई २५ मा नेदरल्यान्ड्स र नामिबिया आमनेसामने हुनेछन् । नेपालले जुलाई २७ मा पुनः नामिबिया तथा जुलाई २९ मा नेदरल्यान्ड्सको सामना गर्नेछ । शृङ्खलाको अन्तिम खेल जुलाई ३१ मा नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ ।

लिग-२ को अङ्क तालिकामा हालसम्म २८ खेलबाट ३२ अङ्क जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । समान २८ खेलबाट २४ अङ्क जोडेको नेपाल पाँचौँ स्थानमा रहँदा २२ अङ्कका साथ नामिबिया सातौँ स्थानमा छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।