Khaptad Organic Nepal

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ ।

सिरिजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका नेपाल र नेदरल्यान्ड्सबीचको यो भिडन्त नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुनेछ। यसअघि खेलिएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने नेदरल्यान्ड्सका लागि यो सिरिजको पहिलो खेल हो।

हालसम्म यी दुई टोलीबीच भएका ५ एकदिवसीय खेलमध्ये नेदरल्यान्ड्सले ३ खेलमा जित निकालेको छ भने नेपालले २ खेल आफ्नो पक्षमा पारेको छ। दुवै देशबीच पछिल्लो पटक सन् २०२५ जुनमा भेट भएको थियो, जहाँ नेपाल १६ रनले विजयी बनेको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली नेदरल्यान्ड्स पठाएको छ। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

जुलै ३१ सम्म चल्ने यस सिरिजअन्तर्गत जुलाई २५ मा नेदरल्यान्ड्स र नामिबिया, जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्यान्ड्स तथा जुलाई ३१ मा नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुने तालिका छ।

लिग-२ को अङ्क तालिकामा हालसम्म २८ खेलबाट ३२ अङ्क जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। नेपाल २९ खेलमा २४ अङ्कसहित पाँचौँ स्थानमा रहँदा नामिबिया २९ खेलमा २६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।