Khaptad Organic Nepal

काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ ।

दिव्यदेव पन्त, झरना थापा र सुहाना थापालगायतका कलाकारहरूको मुख्य अभिनय रहेको यो चलचित्र आगामी भदौ १९ गते कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने तयारीमा छ ।

सार्वजनिक टिजरमा एउटा सुन्दर र हँसिलाे परिवार अचानक घटेको महाविपत्तिका कारण कसरी तहसनहस हुन्छ भन्ने भावनात्मक कथा प्रस्तुत गरिएको छ । रगतले लत्पतिएका मुख्य पात्र दिव्यदेवको दृश्यबाट सुरु हुने टिजरमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई जीवन्त रूपमा देखाउने प्रयास गरिएको छ ।

संगीतकार हरि लम्सालको लेखन तथा पहिलो निर्देशन रहेको यस चलचित्रमा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको पनि अभिनय देख्न सकिन्छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।