Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज केही प्रदेशका पहाडी तथा हिमाली भू-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थान वरपर अवस्थित छ । यसकै असरले देशभर आंशिकदेखि साधारणतया बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भेगका केही स्थानमा हिमपातसमेत हुन सक्नेछ । विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

त्यस्तै राति पनि बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयको जोखिम रहेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सजग रहन भनिएको छ । साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले पछिल्लो मौसमी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।