काठमाडौँ । राष्ट्रिय सभाको नियमित बैठक आज बोलाइएको छ । सङ्घीय संसद सचिवालयका अनुसार अपराह्न १: १५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद सचिवालयले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

