Khaptad Organic Nepal

काठमाडौँ । धार्मिक ग्रन्थहरूका अनुसार सत्य युगमा जलमग्न बनेकी पृथ्वीको रक्षाका लागि बनेल रूप धारण गरी उद्धार गरेको खुसीयालीमा शनिबार देशभर वराह जयन्ती मनाइँदै छ।

वैदिक सनातन परम्परा अनुसार जलप्रलयका बेला महासागरमा विलीन हुन लागेकी पृथ्वीलाई भगवान् विष्णुले वराह (बनेल) अवतार लिएर सुरक्षित स्थानमा स्थापित गर्नुभएको धार्मिक विश्वास छ। श्रावण शुक्ल तृतीयाका दिन भगवान् विष्णुले यही स्वरूप प्रकट गरी मानव तथा अन्य प्राणीका लागि पृथ्वीलाई बस्न योग्य बनाउनुभएको पुराणहरूमा उल्लेख छ।

संसारमा जब-जब असत्य र अधर्मको प्रभाव बढ्छ, तब-तब सत्य र धर्मको रक्षाका लागि भगवान् विष्णुले विविध रूप लिने मान्यता रहिआएको छ। यसै अनुरूप मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी विष्णुका दश अवतार मानिन्छन्।

वराह जयन्तीको यस विशेष अवसरमा काठमाडौँ उपत्यकाका साथै देशभरका वाराही तथा वराह मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। श्रद्धालुहरूले आजको दिन व्रत बसी वराह रूपी विष्णुको विशेष पूजा-आराधना गर्ने गर्छन्।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।