Khaptad Organic Nepal

काठमाडौँ । कार्यवाहक प्रमुख सुनिता डंगोलले जगपूजा गरेसँगै काठमाडौँ महानगरपालिकामा जीवित देवता श्रीगणेश र श्रीभैरवको नयाँ निवासस्थान निर्माणको औपचारिक सुरुआत भएको छ ।

परम्परागत नेवारी वास्तुकला झल्किने गरी साढे तीन तलाको उक्त भवन निर्माण गर्न लागिएको हो ।

कुल ४ हजार १६ दशमलव २५ वर्गफिट क्षेत्रफलमा फैलिने यस भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत अनुमान गरिएको छ । मौलिक स्वरूप कायम राख्न निर्माणमा इँटा, काठ, चुना र सुर्कीजस्ता परम्परागत सामग्रीहरूको प्रयोग गरिने महानगरपालिकाले जनाएको छ ।

संरचनागत रूपमा भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष रहनेछ भने पहिलो तलामा दर्शन तथा निवास कक्षको व्यवस्था गरिनेछ । त्यसैगरी, दोस्रो तलामा भान्छा र शयन कक्ष निर्माण गरिने योजना छ ।

शिलान्यास कार्यक्रमपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले लामो समयको प्रयासपछि यो ऐतिहासिक कामले मूर्तरूप लिन लागेको बताइन् । साथै, उनले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न स्थानीय समुदायको अपनत्व र निरन्तर निगरानी आवश्यक रहेकोमा जोड दिइन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।