Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी भागमा सरदर स्थान वरपर नै अवस्थित रहेको छ ।

अहिले देशभरको आकाश सामान्यतया बादलले ढाकिएको अवस्था छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले बताएको छ ।

आज दिउँसो पनि देशभरको मौसम बदली रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्ग र मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यसैगरी पहाडी भू-भागका धेरैजसो ठाउँ र तराईका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ । विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने चेतावनीसमेत दिएको छ ।

यस्तै आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली नै रहनेछ । देशका हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ । तराईतर्फ कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा वर्षा हुन सक्नेछ । रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।