Khaptad Organic Nepal

काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले तीनवटा एक दिवसीय (५० ओभर) अभ्यास खेल खेल्ने तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाल ‘ए’ ले आज पहिलो खेलमा तास्मानियाको टोलीको सामना गर्दैछ । त्यसपछि सेप्टेम्बर ४ (बुधबार) साउथ अस्ट्रेलिया र सेप्टेम्बर ६ (आइतबार) न्युजिल्यान्ड ‘ए’ सँग भिड्नेछ ।

यसअघि आयोजित ‘टप एन्ड’ टी–२० सिरिजमा भने नेपाल ‘ए’ को प्रदर्शन निराशाजनक रहेको थियो । खेलेका ६ मध्ये २ खेलमा जित र ४ खेलमा हार व्यहोर्दै टोली समूह चरणबाटै बाहिरिएको थियो ।

अस्ट्रेलिया भ्रमणमा रहेको अनिलकुमार साह (कप्तान) नेतृत्वको १५ सदस्यीय नेपाली टोलीमा त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल समावेश छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।