Khaptad Organic Nepal

काठमाडौँ । दक्षिण अफ्रिकाका दुई भिन्नाभिन्नै स्थानमा भएका हिंसात्मक गोलीकाण्डमा परेर कम्तीमा २७ जनाले ज्यान गुमाएका छन् । घटनामा अन्य २६ जना गम्भीर घाइते भएका छन् ।

जोहानेसबर्ग नजिकै रहेको एक मदिरालयमा शनिबार साँझ आठ जनाको समूहमा आएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त आक्रमणमा परि १५ जना घाइते भएका छन् ।

यसैगरी केप टाउन नजिकैको एक मनोरञ्जनस्थल बाहिर आइतबार बिहान अर्को गोलीकाण्ड भएको छ। जहाँ १० जनाको ज्यान जानुका साथै ११ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

दुवै घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन । आक्रमणको मुख्य कारण अझै अस्पष्ट छ ।

दक्षिण अफ्रिकामा पछिल्लो समय गैरकानुनी हतियारको सहज पहुँच र गिरोहबीचको आन्तरिक द्वन्द्वका कारण यस्ता हिंसात्मक घटनाहरू लगातार बढ्दै गएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।