काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बुधबार बिहान काठमाडौँ अवतरण गरेको छ ।
गत असोज ४ गते अमेरिका प्रस्थान गरेका मन्त्री खनालले न्युयोर्क बसाइका क्रममा महासभाका उच्चस्तरीय सत्र, विभिन्न सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय बैठकहरूमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
सो क्रममा उनले अन्य मुलुकका समकक्षी तथा उच्च कूटनीतिक अधिकारीहरूसँग द्विपक्षीय हितका विषयमा छलफल समेत गरेका थिए ।

