Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुनी प्रणालीको प्रत्यक्ष असर कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरमा तथा पूर्वतर्फ औसत स्थानकै आसपासमा अवस्थित रहेको छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर सामान्यतया बादल लागिरहनेछ । उच्च हिमाली भेगका केही स्थानहरूका साथै पहाडी क्षेत्रका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान छ । लुम्बिनी प्रदेशका तराई भेगमा भने हावाहुरी चल्न सक्नेछ । बागमती, कोशी र गण्डकीका हिमाली क्षेत्र तथा विभिन्न प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ ।

त्यसैगरी, आज रातिको समयमा पनि देशभरी नै बदलीको स्थिति रहनेछ । हिमाली तथा पहाडी भेगका केही स्थानमा चट्याङ्ग र मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ । तराईका भू-भागमा पनि थोरै स्थानहरूमा वर्षाको सम्भावना कायमै रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकाध स्थानमा रातिको समयमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।