काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जलवाष्पयुक्त वायुको प्रभावका कारण मुलुकका अधिकांश भू-भागमा बदली रहने जनाएको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगमा हिमपात र मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ ।
रातिको समयमा पनि हिमाली तथा पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम रहनेछ।

