Khaptad Organic Nepal

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसका कारण देशभरको मौसम साधारणतया बदली भई कोशी र बागमती प्रदेशका केही स्थान, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बादल लाग्नेछ । देशका हिमाली तथा पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाका साथै उच्च भूभागमा हिमपातको सम्भावना रहेको छ । यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश र कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षाको समेत आकलन गरिएको छ ।

रातिको समयमा पनि देशभरको मौसम बदली नै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।