Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ ।

अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र बागमतीका तराई क्षेत्रमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र तराई भूभागमा भने आंशिक बदलीको सम्भावना छ । पहाडी र हिमाली भेगका केही स्थान तथा मधेशसहित तराईका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने महाशाखाको भनाइ छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने र पहाडी तथा तराईका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।