Khaptad Organic Nepal

काठमाडौँ । देशको स्वास्थ्य प्रणालीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको पहुँच बढाउनका लागि नयाँ रणनीति अपनाइने भएको छ ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयोजित उच्चस्तरीय बैठकमा यस क्षेत्रको सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनबारे गहन मन्थन भएको हो ।

बैठकमा आयुर्वेद सेवालाई अझ प्रभावकारी बनाउँदै आम नागरिकको पहुँचमा पुर्‍याउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय आयुर्वेदिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा विशेष जोड दिइयो ।

सो अवसरमा मन्त्री मेहताले आयुर्वेद र वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा परेको स्पष्ट पार्नुभयो । नेपाल आयुर्वेदको ऐतिहासिक उद्गमस्थल भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै स्वास्थ्य पर्यटनसँग जोड्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । सरकार यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि आवश्यक नीतिगत र संस्थागत सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

बैठकले पोखराको गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बुढानीलकण्ठको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद स्वास्थ्य पर्यटनको प्रमुख केन्द्रका रूपमा अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

उक्त छलफलमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक सङ्घ र राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।