Khaptad Organic Nepal

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम पारदर्शी ढंगले परिचालन हुने प्रतिबद्धता विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यक्त गरेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ‘नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिका’ ले उपलब्ध गराएको आर्थिक सहयोग ग्रहण गर्दै उनले कोषको रकम कुनै पनि हालतमा दुरुपयोग नहुने स्पष्ट पारेका हुन् ।

सो अवसरमा संस्थाले कोषका लागि १ करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । मन्त्री पुनले हालको बजेट मुख्यतः बाढीपहिरोले क्षति पुर्‍याएका सडक, पुल, विद्यालय र अस्पतालहरूको पुनर्निर्माण तथा प्रभावितहरूलाई तत्काल राहत पुर्‍याउन खर्च भइरहेको जानकारी दिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूको प्रारम्भिक अनुमानअनुसार हालैको विपद्‌बाट मुलुकले करिब ३ देखि ४ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोरेको उनले उल्लेख गरे ।

यति ठुलो परिमाणको क्षतिको पुनर्निर्माण गर्न उद्धार कोषमा जम्मा भएको रकमले मात्र नपुग्ने मन्त्री पुनको भनाइ छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।