काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट आउने क्रम आज पनि जारी रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर २ लाख ६९ हजार १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ८० रुपैयाँले कमी आएको छ । हिजो प्रतितोला ३ हजार ६ सय रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

