Khaptad Organic Nepal

काठमाडौँ । चलचित्र क्षेत्रमा दर्शकहरूको उपस्थिति र फिल्महरूको व्यापार कस्तो भइरहेको छ भन्ने चासो राख्नेहरूका लागि चलचित्र विकास बोर्डले हालै बक्स अफिसको ताजा तथ्यांक सार्वजनिक गरेको छ ।

बोर्डले कात्तिक २९ गतेसम्मको विवरण बाहिर ल्याउँदा पछिल्लो समय हलमा लागेका धेरैजसो फिल्महरूले राम्रो संख्यामा टिकट बिक्री गर्न सफल भएको देखिएको छ ।

सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी कमाइ गर्ने सूचीमा ‘कबड्डी ५ : आफ्टर the फाइनल’ शीर्ष स्थानमा रहेको छ । गत कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले चार लाख २२ हजार आठ सय ९० टिकट बिक्री गर्दै १२ करोड ९४ लाख १५ हजार रुपैयाँको बलियो व्यापार गरेको छ ।

त्यस्तै, भदौ २६ गतेदेखि पर्दामा आएको चलचित्र ‘पेन्सन पट्टा’ पनि आम्दानीको मामिलामा निकै अगाडि देखिएको छ । यस फिल्मले तीन लाख ६४ हजार पाँच सय २० टिकट बिक्री मार्फत १० करोड ३५ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, असोजको अन्तिम साता प्रदर्शनमा आएका फिल्महरूको प्रदर्शन पनि सन्तोषजनक नै रहेको छ । असोज ३० गते रिलिज भएको ‘आ बाट आमा २’ ले दुई लाख ४१ हजार ९६ टिकट बिक्रीबाट ६ करोड ८१ लाख ६७ हजार रुपैयाँ कमाएको छ भने सोही मितिमा हलमा आएको ‘१२ गाउँ २’ ले ७६ हजार ६० टिकट बिक्री गर्दै दुई करोड ३२ लाख ९६ हजार रुपैयाँ जोडेको छ ।

यता असोज ३१ गते प्रदर्शनमा आएको ‘छ माया छपक्कै २’ ले एक लाख छ हजार आठ सय ८३ टिकट बिक्रीबाट तीन करोड ४३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ । त्यसैगरी, कात्तिक २० गतेबाट दर्शकमाझ आएको चलचित्र ‘पाँच पाण्डव’ ले भने १२ हजार दुई सय ९४ टिकट बिक्री गरी ४३ लाख ५० हजार रुपैयाँको व्यवसाय गरेको छ । समग्रमा नेपाली बक्स अफिसमा फिल्महरूको यस किसिमको व्यापारले चलचित्रकर्मी र दर्शकहरूमा उत्साह थपेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।